Advertisement
SKIP THIS
जारी आईपीएल दिल्लीको मुम्बईमाथि सहज जित

काठमाडौं : भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्लीले मुम्बईमाथि सहज जित निकालेको छ । दिल्लीले मुम्बईमाथि ६ विकेटको जित निकालेको हो ।

मंगलबार राति एमए चिदाम्बर स्टेडियममा जितका लागि १३८ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले १९.१ ओभरमा मात्र चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो । 

अहिलेसम्म चार खेलेको दिल्ली हिजोको जितसँगै ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । त्यति नै खेल खेलेको मुम्बई चार अंकसहित चौथो स्थानमा छ । बुधबार कोलकाता र चेन्नईबीचको खेल हुँदैछ ।

तपाईको प्रतिक्रिया