एजन्सी:बेलायतले भारतबाट जानेलाई प्रवेश नदिने घोषणा गरेको छ।
कोरोना महामारीबाट अधिक प्रभावित देशहरूलाई खतराको सूचीमा राखेको बेलायतले ती देशबाट जानेलाई प्रवेश नदिने निर्णय गरेको हो।
भारत कोरोना महामारीबाट अतिप्रभावित दोस्रो स्थानमा छ।
सोमबार बेलायतका स्वास्थ्यमन्त्री म्याट हेनककले रेड लिष्टमा भारतलाई पनि राखेका हुन्।
बेलायतमा आउँदो शुक्रबारदेखि भारत हुँदै जानेहरूले प्रवेश पाउने छैनन्।