बिक्रम खड्का डाेटि:”सवै जुटाै वालविवाह राेकाै “भन्ने मुल नारा का साथ वालविवाह अन्त्यका लागि स्थानिय रणनिति काे समिक्षा तथा आगामि याेजना निर्माण कार्यक्रम दिपायल सिलगढी नगरपालिकाको हलमा सम्पन्न भएको छ।
दिपायल सिलगढी नगरपालिका वडा नम्वर ८ लडागडाकाे आयाेजना मा गुडनेवर्स इन्टरनेशनल नेपाल काे आर्थिक तथा प्राविधिक सहयाेगमा र सामुदायिक विकास केन्द्र डाेटिकाे सहजिकरण मा उक्त कार्यक्रम सम्पन्न भएको हो।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ लडागडा लाइ बालविवाह मुक्त वडा वनाउन का लागि स्थानीय स्थानिय रणनिति तयार गरेर लागि रहेका वेला अवकाे याेजना र रणनिति कसरि वनायर अगाडी बढ्न सकिन्छ भन्ने उद्देश्यले सराेकार वाला संग रायसुझाव संकलन गरि कार्यक्रम लाइ अगाडि बढाउन कार्यक्रममा छलफल गरियकाे हाे ,उक्त कार्यक्रमका सहभागीहरुले
बिध्यालय छोडेका बालबालिकालाइ लक्षीत गरी क्षमता अनुसार को तालीम दिनु पर्ने बताएका छन्।
२० बर्ष भन्दा कम उमेरका बालबालिका हरु बिद्यालय हाता क्षेत्र भन्दा बाहिर रहेकाले उनिहरुको आवश्यकता अनुसार को तालिम दिइनु पर्ने बताएका हुन । बिद्यालय नजाने बालबालिका धेरै भएकाले तालिम दिदा आत्मनिर्भर हुने र बालबिवाह मा पनि कमी आउने बताएका हुन्। आज दिपायल सिलगढी नगरपालिका वडा नं ६ सिलगढी मा आयोजित बालबिवाह अन्त्यका लागी स्थानिय रणनीतिको समिक्षा तथा आगामी योजना निर्माण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
साेहि कार्यक्रम मा बोल्दै गैरसरकारी महासंघ डोटी का अध्यक्ष रघु कठायतले बालबिवाह न्युनिकरण को पबित्र अभियानमा लागेका संस्था ले निरन्तरता दिनु पर्ने मा जोड दिनु भएको छ।अब दिपायल सिलगढी नगरपालिका वडा नं ८ मा मात्र नभएर अन्य वडा तथा पालीका मा समेत लागु हुनु पर्ने मा जोड दिनुभएको छ ।
सामाजिक कुरीति परम्परागत सोच हिसा बाट माथि उठनको लागि नेपालको संबिधान मा लेखिएको निएम कानुन लाइ कार्यान्वयन गर्नमा प्रमुख जिम्मेवारी अभिभावक को भएकाले अभिभाबक नै बढी जिम्मेवार रहनु पर्ने बताउदै बालबिवाह न्युनिकरण गर्न का लागि अभिभावक ले बालबालिका को निगरानी गर्नु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी किरण जोसी ले बताउनुभयो। बिद्यालय पहिलो पाठशाला भएकाले राम्रो कुरा सिक्ने कि नराम्रो भन्नेकुरा सिकाउनमा अभिभावक को प्रमुख भुमिका भएकाले अभिभाबक संगै अन्य सरकारी तथा गैरसरकारी संस्था ले जुटेर लाग्नु पर्नेमा जोड दिए।
त्यसतै कार्यक्रम को समापन गर्दै वडा नं ८ का वडा अध्यक्ष राम बहादुर खड्काले आफ्नो वडामा यो रणनीति पुर्ण कार्यन्वयन मा रहेको बताउनु भयो।कानुनले दण्डित गरेको कुरालाइ कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने कुरा तिर वडा पालिका लागेको र भौतिक विकास लाइ मात्र बिकास नभनी बालबिवाह न्युनिकरणका लागी वडाबाट बजेट बिनियोजित गरी वडा कार्यालय लागि परेकाे बताए ।
मागी बिबाह वडाबाट पुर्ण निर्मुल भएको र भागि बिबाह लाइ रोक्न नसकेको बताउदै यसका लागि पनि छुटै याेजना वाट लाग्नु पर्ने पनि बताए ।कार्यक्रमकाे उद्देश्य माथि प्रकाश पार्न सामुदायिक विकास केन्द्र अन्तरगत शिक्षा कार्यक्रम का शिक्षा अधिकृत एकराज वडुले सहजिकरण गर्नुभएको थियो भने,कार्यक्रम का सहभागी लाइ स्वागत मन्तव्य वडा नम्वर ८लडागडा का वडा सदस्य डिल्लि कडायत ले राख्नु भएको थियो भने,उक्त कार्यक्रममा दिपायल सिलगढी नगरपालिका वडा नं ८ लडागडाका वडा अध्यक्ष राम बहादुर खड्काको अध्यक्षता तथा दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासी को प्रमुख अतिथ्यतामा र सहायक प्रमुख जिल्ला अधिकारी किरण जोसी काे विशिष्ट अतिथि मा, जिल्ला प्रहरी कार्यालय डोटी का सुचना अधिकारी इन्द्र बहादुर मल्ल दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ देखि ९ वटै वडाका वडा अध्यक्ष बिभिन्न सरकारी तथा गैरसरकारी संस्था का प्रतिनिधि लगायत सराेकारवलाहरुको सहभागिता रहेको थियो।