Advertisement
SKIP THIS
फैलँदो कोरोना संक्रमणलाई मध्यनजर गर्दै नयाँ मापदण्ड जारी हुदै

काठमाण्डौ:सरकारले भाइरसको फैलँदो संक्रमणलाई मध्यनजर गर्दै जनस्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी गर्ने भएको छ ।

शनिबार सिंहदरबारमा बसेको सीसीएमसी बैठकमा नयाँ मापदण्डबारे प्रस्ताव आएको र त्यसलाई अन्तिम रुप दिएर मन्त्रिपरिषद्ले स्वीकृत गर्ने परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको छ भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भइरहेका छन् । सरकारले आजै वैशाख मसान्तसम्म विद्यालय बन्द गर्नेगरी निर्णय गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।

तपाईको प्रतिक्रिया