Advertisement
SKIP THIS
प्रतिनिधी सभा सदस्य झपट रावल बस्ने घरमा तोडफोड

धनगढीः कैलाली निर्वाचन क्षेत्र न. २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य झपट रावल बस्ने घरमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा रामेछाप घर भई गठ्ठाघर बस्दै आएका २२ वर्षका मनोज तामाङ रहेका छन्। उनीसँगै आएका अर्का युवक नसिन लिम्बु फरार रहेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए।

तामाङका अनुसार उनीहरुले रावल बसेको घर अगाडि मोटरसाइकल पार्किङ गर्ने गरेका थिए। तर घरबेटीले पार्क नगर्न भनेको र बुधबार राति हावा खुस्काइदिएपछि ढुंगा हानेको तामाङले बताएको एसएसपी खापुङले जानकारी बताए।
 
काठमाडौं शान्तिनगरस्थित प्रतिनिधी सभा सदस्य रावल बस्दै आएको घरमा बुधबार राति १२ बजेको समयमा ५–१० मिनेटको अन्तरालमा पटक–पटक ढुंगा प्रहार भएको थियो।

बिहीबार राज्य व्यवस्था समितिको बैठकमा रावलले बुधबार राति आफू बसेको घरमा ढुंगा हानिएको र १०० मा फोन गर्दा नउठेको गुनासो गरेका थिए। 

तपाईको प्रतिक्रिया