Advertisement
SKIP THIS
एम्बुलेन्स दुर्घटना चालकको मृत्यु

काठमाडौं:एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गएको छ।

झापा दूधेस्थित पूर्वपश्चिम राजमार्गमा बा२१च ७९८४ नम्बरको एम्बुलेन्स दुर्घटनामा परि सह–चालक गम्भिर घाइते भएका छन्।

चालक गोदावरी नगरपालिका–७ देविचौर निवासी चालक उत्सव घिमिरेको मृत्यु भएको हो। एम्बुलेन्समा सवार देविचौरकै अर्का युवक सन्तोष तामाङ गम्भिर घाइते भएका छन्।

एम्बुलेन्समा सवार त्यसै ठाउँका २० वर्षी तामाङलाई बिएन्सी अस्पताल बिर्तामोडमा लगिएको प्रहरीले जानकारी दिएको छ।

एम्बुलेन्स आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया