Advertisement
SKIP THIS
आईपीएलमा बैंग्लोरको लगातार दोस्रो जित

काठमाडौं : रोयल च्यालेन्जर्स बैंग्लोरले जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । चेन्नईमा बुधबार राति भएको खेलमा बैंग्लोरले सनराइजर्स हैदराबादलाई ६ रनले पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो । १५० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन मात्र बनायो ।

हैदराबादका कप्तान डेबिड वार्नरले ३७ बलमा ७ चौका र १ छक्काको मद्दतले ५४ रनको अर्धशतकीय पारी खेले । मनिष पाण्डे ३७ बलमा २ चौका र २ छक्का ३७ रन बनाए । जोनी बेयरस्टोले १३ बलमा एक चौकासहित १२ बनाए ।

बलिङतर्फ बैंग्लोरका लागि शाहबाज अहमदले तीन, मोहम्मद सिराज र हर्षल पटेलले समान दुई विकेट लिए । यस्तै, काइल जेमिसनले एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन जोडेको थियो । बैंग्लोरका लागि ग्लेन म्यासबेलले ५९ रनको अर्धशतकीय पारी खेले । उनले ४१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । 

बेंगलोरका लागि कप्तान विराट कोहलीले २९ बलमा ४ चौकासहित ३३ रन जोडे । यस्तै, शाहबाज अहमदले १४ रन बनाउँदा, देवदत्त पन्डिक्कलले ११ रन बनाए । काइल जेमिसनले १२ रनबाहेक अन्यले दोहोरो अंकको योगफल बनाउन सकेनन् ।

बलिङतर्फ हैदराबादका लागि रशिद खान र जेसन होल्डरले २÷२ विकेट लिए । त्यस्तै, भुवनेश्वर कुमार, शाहबाज नदीम र थगारसु नटराजनले एक–एक विकेट लिए ।

जितसँगै बैंग्लोरले दुई वटै खेलमा जित हासिल गर्दै ४ अंक सहित शीर्ष स्थामा छ । पराजित हैदराबाद अंकतालिकाको अन्तिमबाट दोस्रोमा रहेको छ ।

तपाईको प्रतिक्रिया