Advertisement
SKIP THIS
युवाहरुको सयुक्त लगानीमा साँफबगरमा ईन्टरलक इट्टा उद्योग सञ्चालन

रमेश पुरुष : अछामको साँफेबगरमा ३ जना युवाहरुको सयुक्त लगानीमा ईन्टरलक इट्टा उद्योग सञ्चालनमा आएको छ।

नयाँ बर्ष २०७८ सालको आगमन संगै एक कार्यक्रमका बीच साफेबगर नगरपालिका-०४ छिपेखोला नजिक उद्योगको उद्घाटन गरिएको छ ।

अछाममा बिगत देखी अहिलेसम्म घर, भवन निर्माण गर्नु पर्दा धनगढी वा अन्य शहरबाट इट्टाहरु मगाउनु पर्थ्यो, त्यसरी मगाउदा सार्है झन्झटिलो हुने, ढुवानी बढी तिर्नुपर्ने, धेरै दिन कुर्नुपर्ने, इट्टा सकुशल नपुग्ने लगाएतका समस्या झेल्नुपरेको थियो अछाम बासि र यहाँका निर्माण व्यवसायीले अब यि समस्याहरु बाट छुटकरा पाउने निर्माण व्यवसायीहरुले  बताएका छन । 

युवा उद्यमशिलता, आजको आवश्यकता भन्ने मुल नारा सहित संचालन भएको उद्योगले सस्तो, सुलभमा इट्टाहरु दिने, यहाँ बाट कुनै पनि निर्माण व्यवसायीले फिर्ता जान नपर्ने उद्योग संचालकहरुले बताएका छन। मीन बाब्ली, भिम बडाहित, एकेन्द्र कुवर उद्योगका संचालक रहनु भएको छ ।

तपाईको प्रतिक्रिया