Advertisement
SKIP THIS
आज देखि नेपाली नयाँ बर्ष २०७८ सुरु

अछाम:आजदेखि नेपाली नयाँ बर्ष विक्रम संवत २०७८ सुरु भएको छ । हरेक बर्ष नेपालीहरुले एक आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गर्ने र रमाईलो गर्ने भएपनि यस बर्ष भने कोरोनाका कारण नयाँ बर्षको रौनक नै हराएको छ ।

यस बर्ष सबै नेपालीहरुले आ आफ्नो घर परिवारसंगै रमाईलो गर्दै नया बर्षलाई स्वागत गरिरहेका छन् । अन्य बर्षहरुमा आजको दिन देशभरका बिभिन्न शक्ति पिठहरुमा सर्वसाधारणहरुको घुईचो लाग्ने गरेको थियो । नयाँ वर्षमा विभिन्न नयाँ काम सुरु गर्ने, एकआपसमा शुभकामना आदान गर्ने, वर्ष शुभ रहोस् भनी विभिन्न शक्तिपीठमा दर्शन गर्न जाने प्रचलन छ ।

यद्धपी यस बर्ष भने विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोनाका कारण देशभर लकडाउन हुदा शक्तिपीठहरु भने खाली रहेका छन् । बिक्रम संवतलाई आधार मानी हरेक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाइन्छ ।

विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा र वैदिक समय अङ्कनमा आधारित छ । वि सं अङ्ग्रेजी पात्रोभन्दा झण्डै ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ ।

सूर्यसँग सम्बन्धित भएकाले यसमा ग्रह नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख सङ्क्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखाली पूण्य कमाइने धार्मिक विश्वास पनि रहँदै आएको छ ।

तपाईको प्रतिक्रिया