Advertisement
SKIP THIS
नयाँ बर्षमा एनसेलका अफरै अफर

काठमाडौं: एनसेलले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै डेटा प्याक खरिदमा बोनसस्वरुप डबल डेटा भोल्युम र हरेक रिचार्जमा बोनस डेटा भोल्युम उपलब्ध गराउने भएको छ।

यो अफरअन्तर्गत ५० रुपैयाँभन्दा माथिको हरेक रिचार्जमा बोनस डेटा भोल्युमसमेत उपलब्ध हुने छ। यो योजनाअन्तर्गत डबल डेटा भोल्युम डेटा सापटी सेवामा पनि लागू हुनेछ।

कम्पनीका अनुसार ग्राहकले यो योजनाअन्तर्गत ४ सय ९९ रुपैयाँमा २० जीबी (१० जीबी प्लस १० जीबी) डेटाको मज्जा लिन सक्छन्।

त्यस्तै १ सय ३९ रुपैयाँमा १४ दिन समयसीमा रहेको २ जीबी डेटा प्याकको खरिदमा ग्राहकले ४ जीबी डेटा भोल्युम (२ जीबी प्लस २ जीबी) को फाइदा लिन सक्छन्।

यति मात्र नभएर कम्पनीले नयाँ वर्षको यो योजनाअन्तर्गत ५० वा सोभन्दा माथि हरेक रिचार्जमा उपहारस्वरुप बोनस डेटा प्राप्त गर्नेछन्।

ग्राहकले ८१७१२३३ डायल गरी वा ८१७१२३८७८३ डायल गरी आफ्नो आवश्यकताअनुसारको डेटा प्याक खरिद गर्न सक्नेछन्। 

तपाईको प्रतिक्रिया