Advertisement
SKIP THIS
अछाम घर भएका एक पुरुषको भारतमा कोरोना भाईरसका कारण ज्यान गयो

टेकराज भण्डारी, अछाम:अछाम जिल्लाका एक जना पुरुषको कोरोना भाईरसका कारण भारतमा ज्यान गएको छ ।

पछिल्लो समय विश्वमै सबैभन्दा बढी कोरोना भाईरसको संक्रमणदर रहेको भारतमा रोजगारीको शिलशिलामा रहनु भएका जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ धमाली स्थायी ठेगाना भएका ४३ बर्षका रण बहादुर विष्टको कोरोना भाईरसका कारण ज्यान गएको हो ।

धमाली घर भई टिकापुर बसोबास गर्नुहुने विष्ट विगत ५ बर्षदेखि रोजगारीको शिलशिलामा भारतमा जाने आउने गरिरहेकोमा कोरोनाका कारण ज्यान गएको उहाँका भाई शिद्धेश्वरी मावि धमालीका शिक्षक चक्र बहादुर विष्टले जानकारी दिए ।

भारतको गुजरातमा काम गर्दै आउनु भएका बिष्टको सोमबार राती निधन भएको हो । १२ दिन पहिले कोरोना संक्रमित भएका विष्ट ५ दिन पहिलेदेखि अस्पतालमा उपचार गराईरहेका थिए ।

रोजगारीको शिलशिलामा भारत गएका दाजुको भारतमै ज्यान गएपछि परिवारजन ठुलो शोकमा परेको शिक्षक विष्टले बताए।

कोरोनाले बढी असर गरेका कारण स्वास्थ्यमा सुधार नभई ज्यान गएको मृतकका भाई चक्र बहादुुर बिष्टको भनाई छ । मृतकका श्रीमति २ छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया