Advertisement
SKIP THIS
योद्धा गाडी दुर्घटना ४ जनाको मृत्यु

काठमाडौं :दोलखाको बिगु गाउँपालिका–४ मा टाटाको योद्धा गाडी दुर्घटना भएको छ । दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको दोलखाका डिएसपी भेषराज रिजालले बताए ।

मृत्यु हुनेमा बिगु–३ घर भएका ३५ बर्षिय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीय राधा खड्का र २४ वर्षीय चण्डिका थापा छन् । चरिकोटबाट लादुक जाँदै गरेको प्रदेश–३–०१–०२३च ७५८० नम्बरको टाटा पिकअप दुर्घटना भएको हो । दुर्घटनामा परेर १७ जना घाइते भएका छन् । गए राति साढे १० बजे दुर्घटना भएपछि निमित्त प्रमुख जिल्ला अधिकारी बद्री तिवारी र डिएसपी रिजाल घटनास्थलमा पुगेका थिए ।

घाइतेमध्ये १० जनालाई काठमाडौं पठाइएको र ७ जनाको जिल्ला अस्पताल चरिकोटमा उपचार भइरहेको डिएसपी रिजालले बताए ।

तपाईको प्रतिक्रिया