Advertisement
SKIP THIS
साङ्लोका कारण डिभोर्स

एजेन्सी: तपाई हाम्रो घरमा बस्ने साङ्लाका कारण कसरी एक दम्पतीको सम्बन्ध बिग्रन सक्छ ? यो प्रश्नले सबैलाई अचम्मित तुल्याउन सक्छ। तर यस्तो घटना साँच्चै घटेकाे छ। 

वैवाहिक सम्बन्धमा बाँधिएको करिब ३ वर्षपछि साङ्लाका कारण श्रीमानले डिभोर्स मागेको घटना हाम्रै छिमेकी राष्ट्र भारतमा घटेको हाे।

भारतको मध्य प्रदेशको राजधानी भोपालमा साङ्लाको डरले एक महिलाले पटकपटक डेरा सर्न लगाएकी थिइन। पत्नी साङ्लोसित असाध्यै डराउँछिन् र डेरा सर्न दबाब दिने गर्थिन। यसरी डेरा सरिरहँदा साह्रै हैरान खेप्नुपरेको पतीको गुनासो छ । 

साङ्ला देख्ने बित्तिकै पत्नी डरले चिच्याउने गरेको र घरको सामान बाहिर सडकमा ल्याएर राख्ने गरेको पति बताउँछन्।

पतिलाई पत्नीको यस्तो हर्कत देखेर दिक्क लाग्न थालेको छ र पारपाचुके लिने फैसला लिएका छन्। त्यसका लागि पतिले कानूनी सहायता मागेका छन्। 
श्रीमतीले पतिले आफ्नो समस्या नबुझेको बताइरहेकी छिन्।

तपाईको प्रतिक्रिया