Advertisement
SKIP THIS
उपनिर्वाचनको तयारीबारे छलफल गर्न ओलीले बोलाए केन्द्रीय कमिटी

काठमाडौं:नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। वैशाख ६ गतेको लागि बैठक बोलाइएको बागमती प्रदेशको सह इन्चार्ज शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा महाधिवेशनको तयारी र कार्य विभाजनको साथै उपनिर्वाचन तयारीको विषयमा पनि छलफल हुने उनले बताए।

नेकपाको एकता भंग भएपछि ओलीले एमालेको केन्द्रीय कमिटीको दशौं, एघारौं र बाह्रौं बैठक राखिसकेको छन्। ओलीले एकलौटी रूपमा अध्यक्ष र महासचिव मात्र पदाधिकारी राखेर केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेका थिए।

चैत ७ गतेको केन्द्रीय कमिटीको बैठकले माधव नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई ६ महिना साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।

तपाईको प्रतिक्रिया