Advertisement
SKIP THIS
माओवादी केन्द्रद्धारा प्रदेश २ का आफ्ना चार सांसदलाई पार्टीबाट निलम्बन गर्न सभामुखलाई सिफारिस

काठमाडौं:मूलपार्टी छाडेर नेकपा एमालेमा गए पछि नेकपा माओवादी केन्द्र ले प्रदेश २ का आफ्ना चार सांसदलाई पार्टीबाट निलम्बन गर्न सभामुखलाई सिफारिस गरेको छ।

पार्टी छाडेर नेकपा एमालेको ओली समूहमा मिसिएका चारै जनालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्टीकरण सोध्दा जवाफ नदिए पछि पार्टीबाट निलम्बन गर्न प्रदेश २ का सभामुख सरोजकुमार यादवलाई सिफारिस गरिएको छ ।

माओवादी केन्द्रले प्रदेश सांसद रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशहवा, ज्वाला साह र मोहम्मद समिरलाई पदमुक्त गर्न सिफारिस गरेको छ । पार्टीबाट पदमुक्त गर्नुअघि पार्टी केन्द्रीय समितिले २६ घन्टाभित्र स्पष्टिकरण दिन निर्देशन दिएको थियो ।

तर, २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिए पनि नदिएपछि उनीहरूलाई पदमुक्त गरिएको छ । प्रदेश २ माओवादी केन्द्रको प्रदेश सभामा ११ जना सांसद रहेकामध्ये ४ जना एमालेमा प्रवेश गरेका छन् ।

पदमुक्त भएका रामचन्द्र मण्डल धनुषा निर्वाचन क्षेत्र नंं १ को २, ज्वल कुमारी साह बारा जिल्लाको निर्वाचन क्षेत्र नंं ३ को १ र कुन्दन प्रसाद कुशवाहा रौतहटको निर्वाचन क्षेत्र नंं ३ को २ वाट नेकपा माओवादी केन्द्र वाट प्रत्यक्ष निर्वाचित प्रदेश सभाका सदस्य रहेका थिए भने महम्मद समीर बारा जिल्लाका समानुपातिक तर्फका प्रदेश सभाका सदस्य रहेका थिए ।

तपाईको प्रतिक्रिया