Advertisement
SKIP THIS
उत्तर प्रदेशका सबै स्कुल अप्रिल ३० तारिखसम्मका लागि बन्द

चैत:कोरोना भाइरसको महामारी बढ्दै गएपछि भारतको उत्तर प्रदेशका सबै स्कुल अप्रिल ३० तारिखसम्मका लागि बन्द गरिएको छ।

कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकाले जोखिम कम गर्न विद्यालय बन्द गरिएको उत्तर प्रदेश सरकारलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

तर भौतिक दूरी कायम राखेर परीक्षा भने सञ्चालन हुनेछन्। यस्तै पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका क्षेत्रमा रात्रिकालिन कर्फ्यु लाग्ने भएको छ। लखनउ, कानपुर, गोरखपुर, इलाहाबाद, गाजियाबाद लगायतका सहरमा यसअघि नै रात्रिकालिन कर्फ्यु लागू भइसकेको छ। यस्तै सार्वजनिक कार्यक्रममा ५० जनाभन्दा धेरै भेला हुन पनि रोक लगाइएको छ।

हिजो उत्तर प्रदेशमा १५ हजार चार सय जनामा कोरोना पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या ६ लाख ९२ हजार पुगेको छ। भारतमा दैनिक डेढ लाखभन्दा धेरै सङ्क्रमित देखिन थालेपछि विभिन्न प्रदेशमा लकडाउन र कर्फ्यु लगाउने क्रम बढेको छ।

तपाईको प्रतिक्रिया