Advertisement
SKIP THIS
सुदूरपश्चिमबाट पहिलोपटक महासंघको खुल्ला केन्द्रीय सदस्यमा खत्री निर्वाचित

निराकरण सम्वाददाता अछाम:नेपाल पत्रकार महासंघको ईतिहासमै सुदूपश्चिमबाट पहिलोपटक खुल्ला केन्द्रीय सदस्यमा अछामका शिवराज खत्री निर्वाचित भएका छन् । खत्रीले ४ हजार ३ सय ५९ मत प्राप्त गर्दै पत्रकार महासंघको खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन ।

बिपुल पोख्रेल नेतृत्वको प्यानलबाट केन्द्रीय सदस्यमा खत्रीले उम्मेदवारी दिएका थिए। २०६० साल कैलालीबाट पत्रकारीता सुरु गरेका खत्री यस अघि महासंघ कैलाली कार्यसमिति सदस्य, दुई पटक केन्द्रीय तथा एक पटक प्रदेश पार्षद र पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिको सदस्य भइसकेका छन्।

अछाम घर भएका खत्रीले रेडियो अछाम, खप्तड न्युज दैनिक,सुदूर सन्देश दैनिक,सेती समाचार दैनिक,नेपाल समय डट कम,एपी वान, माउन्टेन टिभि,अन्नपूर्ण पोष्ट,उकेरा डक कममा काम गरेका खत्री हाल थाहा खबरमा आबद्ध रहेका छन् ।

तपाईको प्रतिक्रिया