निराकरण सम्वाददाता अछाम:नेपाल पत्रकार महासंघको ऐतिहासमै सुदूपश्चिम बाट पहिलोपटक खुल्ला केन्द्रीय सदस्यमा अछामका शिवराज खत्री निर्वाचीत भएका छन् ।खत्रीले ४ हजार ३ सय ५९ मत प्राप्त गर्दै पत्रकार महासंघको खुल्ला केन्द्रीय सदस्यमा निर्वाचीत भएका हुन ।
बिपुल पोख्रेल नेतृत्वको प्यानल बाट केन्द्रीय सदस्य माखत्रीले उम्मेदवारी दिएका थिए। खत्रिले २०६३ पत्रकार महासंघको सदस्यता प्राप्त गरेका थिए।
अछाम घर भएका खत्रीले रेडियो अछाम, खप्तड न्युज दैनिक,सुदूर सन्देश दैनिक,सेती समाचार दैनिक,नेपाल समय डट कम,एपी वान, माउन्टेन टिभि,अन्नपूर्ण पोष्ट,उकेरा डक कममा आबद्ध रहेर काम गरिसकेका खत्री हाल थाहा खबरमा आबद्ध रहेका छन ।









