Advertisement
SKIP THIS
सांसद नभएर पनि मन्त्री बन्नेहरू ‘पदलोलुप हुन भीम रावल

धनगढी: नेकपा एमालेका नेता भीम रावलले सांसद नभएर पनि मन्त्री बन्नेहरू ‘पदलोलुप’ भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरूको सांसद पदसँगै मन्त्री पद गुमिसक्दा पनि फेरि मन्त्रीमा पुनर्नियुक्ति गरेपछि नेता रावलले यस्तो टिप्पणी गरेका हुन्।

उनले सामाजिक सञ्जालमार्फत ‘पदलोलुप’ प्रवृतिले देशको मर्यादामा आघात पुर्याउने काम भइरहेको आरोप लगाएका छन्।

नेता रावलले लेखेका छन् ‘प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक प्रमाणित हुँदा पनि कुनै दायित्त्व नलिने, पार्टीको विधान, पद्धति र प्रक्रिया मिचेर पार्टी प्रणाली मानेको स्वाङ गर्ने, संसद सदस्य नभएर पनि मन्त्री पदमा टाँसिएका पदलोलुपहरूको झुन्ड बोकेर देशको मर्यादामा आघात गर्ने चरित्र नै आज देशको समस्या हो।’

तपाईको प्रतिक्रिया