काठमाडौँ:राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नवनियक्त मन्त्रीहरु ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु शाह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा शपथ लिएका हुन्।
उनीहरु यसअघि तिनै मन्त्रालालयको जिम्मेवारीमा थिए। समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चपदस्थ पदाधिकारीको उपस्थिति थियो। उनीहरु चार जना नेकपा (माओवादी) केन्द्रका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकामा पार्टी एकता र त्यसपछि कायम नेकपा ९एमाले० को केन्द्रीय सदस्यमा आवद्ध हुनुभएकाले माओवादी केन्द्रको सूचनाका आधारमा बिहीबार प्रतिनिधिसभा सदस्य रिक्त भएको घोषणा गरिएको थियो।
सांसद नरहेपछि मन्त्रीमा कायम रहन नमिल्ने भएकाले उनीहरुलाई पुनः नियुक्त गरिएको हो। सांसद नभए पनि छ महिनासम्म मन्त्रीमा नियुक्त गर्न सकिने संवैधानिक व्यवस्था छ।









