Advertisement
SKIP THIS
अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

एजेन्सी :बलिउडका अभिनेता अक्षय कुमार कोरोनाबाट संक्रमित भएका छन् । अक्षय कुमार आफैले सामाजिक संञ्जालबाट संक्रमित भएको जानकारी दिएका हुन् ।

हाल आफू होम क्वारेन्टिनमा रहेको र सबै नियम पालना गरेको पनि बताएका छन् ।

उनले लेखेका छन्, ‘आज बिहान मेरो रिपोर्ट पोजेटिभ आयो । सबै प्रोटोकल्सको पालना गर्दै होम आइसोलेसनमा बसेको छु । म घरकै क्वारेन्टिनमा छु ।’

अक्षयले उनीसँग सम्र्पकमा आएका सबैलाई कोरोना जाँच गराउन र आफ्नो ध्यान दिन आग्रह गरेका छन् । हाल अक्षय कुमारको ४ फिल्महरुको काम अन्तिम चरणमा रहेका छन् ।

अहिले भारतमा कोरोना संक्रमण झन् फैलिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा करिब ९३ हजार जनामा कोरोना संक्रमण र ५ सय १३ जनाले ज्यान गुमाएका छन् । भारतीय मिडियाहरुका अनुसार पछिल्लो पटक ९२ हजार ९९४ जना नयाँ संक्रमित फेला परेका छन् ।

साढे ६ महिनाको अवधिमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । यसअघि १९ सेप्टेम्बरमा ९२ हजार ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भारतमा हालसम्म १ करोड २४ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोनाबाट सबैभन्दा संक्रमित हुने ठाउँअन्तर्गत महाराष्ट्र, पन्जाब, दिल्ली, मध्यप्रदेश, गुजरात र राजस्थान रहेका छन् ।

तपाईको प्रतिक्रिया