एजेन्सी – जिम्बावेका स्वास्थ्यमन्त्री डेभिड परिरेन्यात्वाले चीनमा बनेको क: ण्डम अफ्रिकी मुलुकका पुरुषहरुका लागि निकै सानो भएको बताएका छन् । राजधानी हरारेमा आयोजना गरिएको एचआईभी र एड्स रोकथामसम्बन्धी कार्यक्रममा मन्त्री डेभिडले अफ्रिकाको दक्षिणी क्षेत्रमा यौ नज न्य रोगको संक्रमण उच्च रहेको र आफुहरुले क: ण्ड म प्र योग ग र्न प्रोत्साहन गरिरहेको उल्लेख गरे ।
अहिलेका युवाहरुले विशेष प्रकारका क: ण्ड महरु प्रयोग गर्न चाहने, तर आफुहरुसँग उत्पादन गर्ने उद्योग नहुँदा चीनबाट आयात गरिएका साँघुरा क: ण्ड मबाट पुरुषहरु आजित भईरहेको डेभिडले गुनासो गरे ।
अब साँघुरा चिनियाँ यसको साटो जिम्बावेकै कम्पनीहरुले आफ्ना नागरिक र पर्यटकका लागि क: ण्ड म उत्पादन गर्नुपर्ने र स्थानीय उत्पादन प्रयोग गर्नेतर्फ अघि बढ्नुपर्ने स्वास्थ्यमन्त्रीको तर्क छ । जिम्बाबेका १३.५ प्रतिशत प्रौढ जनसंख्या एचआईभी/एड्सबाट संक्रमित छ । सब-सहारा-अफ्रिकामै यो सबैभन्दा ख राब दर हो ।
स्वास्थ्यमन्त्री डेभिडले आलोचना गरेपछि चिनियाँ क: ण्ड म कम्पनीहरुले अबदेखि विभिन्न आकारका क: ण्ड म उत्पादन गर्ने जानकारी गराएका छन् । चिनियाँ क ण्ड म उत्पादक कम्पनीका प्रमुख कार्यकारी झाओ चुनले आफुहरुले अब अफ्रिकी मुलुकका लागि ठूलो साईजका क ण्ड महरु ब नाउन लागेको जानकारी गराए ।
अहिले आफुहरुले अफ्रिकी क्षेत्रमा अध्ययन गरिरहेको र भविष्यमा समस्या नहुने गरी विभिन्न प्रकारका ठूला साईजका क: ण्ड म उत्पादन गरिने झाओले बताए । विश्वका हरेक देशबाट फरक–फरक आकारका क: ण्ड म माग हुने चिनियाँ उत्पादकहरुको भनाई छ । चिनियाँहरुले पातलो क: ण्डम प्रयोग गर्ने र अमेरिकनहरुले नरम कण्डम प्रयोग यी कम्पनीहरुले जानकारी दिए ।
प्रतिवेदनहरुका अनुसार चीन विश्वकै सबैभन्दा ठूलो क: ण्ड म उत्पादक हो, जसले बार्षिक तीन अर्ब गोटा क: ण्ड म बनाउने गर्छ । अहिले चीनमा झन्डै ३०० वटा क ण्ड म उत्पादक कम्पनीहरु सञ्चालनमा छन् ।