Advertisement
SKIP THIS
कारबाही पछि भीम रावलको यस्तो प्रतिक्रिया

काठमाडौँ: नेकपा एमाले नेता भीम रावलले आफूमाथिको कारबाहीलाई देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रतिको तावेदारीको संज्ञा दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा एकपछि अर्को गरेको गलत कामको विरोध गर्दा  कारबाही गरिएको रावलले बताएका हन् । 

ओलीले सोमबार पत्र पठाउँदै एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार पत्र पठाउँदै नेपाल र रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका हुन् ।

रावलले सामाजिक सञ्जालमार्फत ओलीबाट गरिएको उक्त निर्णयको भत्र्सना गर्दै पूर्णरूपमा अस्वीकार गर्ने जानकारी दिए । 

रावलको प्रतिक्रिया

केपी शर्मा ओलीले पहिलो चरणमा नेपालको संविधान तथा आफैँले हस्ताक्षर गरेको कम्युनिष्ट पार्टी बीचको एकतामाथि प्रहार गर्नुभयो। दोस्रो चरणमा नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित सिद्धान्त, नीति र विधानको खिल्ली उडाउँदै एवं सर्वोच्च अदालतको फैसलाको अवहेलना गरी गत फागुन २८ गते गुटको भेलाबाट स्वेच्छाचारी निर्णय गराउनु भयो र तेस्रो चरणमा पार्टी विधान कुल्चदै कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको हाकिमको कुर्सीमा बसेर चारजना नेतहरूलाई कथित स्पष्टीकरण पत्र पठाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र मलाई पार्टीबाट निलम्बन गरेको आदेश फर्माउनु भयो ।

यो पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन विरुद्धको निरंकुश र स्वेच्छाचारी कुकृत्य हो । देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रतिको तावेदारी हो। नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको उक्त निर्णयको भत्र्सना गर्दै पूर्णरूपमा अस्वीकार गर्दछु।

तपाईको प्रतिक्रिया