Advertisement
SKIP THIS
स्वेज नहरमा अड्किएको फुटबल मैदानजत्रो विशाल मालवाहक पानीजहाज निकालियो

काठमाडौं: स्वेज नहरमा फसेको कन्टेनर जहाज निकालिएको छ। उक्त जहाज चीनबाट सामान बोकी नदेरल्याण्ड्स तर्फ जाँदै गर्दा स्वेज नहरमा फसेको थियो।

करिब एक सात देखि उक्त जहाज स्वेज नहरमा फसेको थियो, जसका कारण अन्य जहाजहरु उक्त नहरबाट आवतजावत गर्न सकेका थिएनन्। अहिले उक्त जहाजको मर्मत कार्य भइरहेको छ।

स्वेज नहर बन्द हुँदा विश्व बजारले करोडौं डलरको नोक्सानी व्यहोर्नु परेको जनाइएको छ।

तपाईको प्रतिक्रिया