Advertisement
SKIP THIS
बझाङमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ : १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बझाङमा शिक्षक पक्राउ परेका छन्।

जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ की १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३१ वर्षिय शिक्षक  पक्राउ परेका हुन्।

वडा नम्बर ६ नौरामा रहेको भवानी माद्यामिक विद्यालयमा अध्यनरत १४ बालिकालाई सोही बिद्यालयकै शिक्षकले यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको बझाङ प्रहरीले बताएको छ।

शनिबार एक्लै पानी भर्न गएकी बालिकालाई शिक्षकले यौन दुर्व्यवहार गरेको प्रहरीले बताएको हाे। जिल्ला प्रहरी कार्यालय बझाङले  शिक्षकलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताएको छ ।
 

तपाईको प्रतिक्रिया