Advertisement
SKIP THIS
ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु

उदयपुर:उदयपुरमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ४ बर्खेडाँडामा ट्रयाक्टरबाट खसेर सोही नगरपालिकाको वडा नम्बर २ गगँटेका २८ वर्षीय रुपेश लामगादेको मृत्यु भएको हो ।

शनिबार राति मदनभण्डारी स्मृति लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स१त ७६२० नम्बरको ट्रयाक्टरबाट खस्दा पछाडिको टायरले किचेर घाईते भएका उनलाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चालक २६ वर्षीय टंक कामी र ट्रयाक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया