Advertisement
SKIP THIS
नगर प्रमुखका दुईवटा डोजरमा अज्ञात समूहद्वारा आगजनी

जाजरकोट : डोल्पामा नगर प्रमुखका दुईवटा डोजर अज्ञात समूहले आगजनी गरेको छ।

जिल्लाको ठुलिभेरी नगरपालिका – ५ र ६ जोड्ने सडक निर्माण गरिरहेको नगरप्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजर अज्ञात समूहले जलाएको छ।

शनिबार राति अज्ञात समूहले ती डोजर जलाएको ठुलिभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर रानाले जानकारी दिए।

उनका अनुसार बिहानै प्रहरी घटनास्थलतर्फ गएर अनुसन्धान जारी राखेको छ। जुफालबाट माजफाल जोड्ने सडक निर्माण गर्ने क्रमका ती डोजर जलाइका थिए।

 

तपाईको प्रतिक्रिया