Advertisement
SKIP THIS
अछामबाट महासंघको केन्द्रिय सदस्यका लागि पत्रकार शिबराज खत्रीको उम्मेद्धवारी

अछाम :आसन्न नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्यका लागि पत्रकार शिबराज खत्रीले उम्मेद्धवारी दर्ता गराएका छन् । अछाम शाखा बाट प्रतिनिधित्व गर्दै खत्रीले महासंघको खुल्ला केन्द्रिय सदस्य पदमा आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

उनले शनिबार साँझ ५ बजे नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल, प्रेस युीनयनका नेता बिपुल पोखरेल, खिला कार्की लगायत यूनियनका सुदुरपश्चिमका नेताहरुको उपस्थितीमा आफ्नो उम्मेद्धवारी दर्ता गराएका हुन् ।

नेपाल पत्रकार महासंघ अछामका संस्थापक अध्यक्ष बेदप्रकाश तिमिल्सैनाको सक्रियतामा खत्रीले केन्द्रिय सदस्यमा उम्मेद्धवारी दर्ता गराएको बताए ।

खत्रीको पत्रकारीता क्षेत्रमा पुरयाएको योगदान र सुशासन, विकास निर्मााण, पार्दशिता र देश विकासका पक्षमा चलाएको कलमले उनलाई युनियन अछामले अघि सारेको युनियन अछामका नेता बेदप्रकाश तिमिल्सैनाले बताए ।

खत्रीलाई प्रेस युनियनको नेतृत्वको गठबन्धनले खुल्ला केन्द्रीय सदस्यको उम्मेदवारी बनाएको हो।

 

तपाईको प्रतिक्रिया