Advertisement
SKIP THIS
साफेबगर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

निराकरण सम्वाददाता अछाम:राष्ट्रका लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ राष्ट्रपति रनिङ शिल्ड प्रतियोता साफेबगर नगरपालिकामा सम्पन्न भएको छ।

समापन कार्यक्रममा प्रमुख अथिति साफेबगर नगर प्रमुख कुल बहादुर कुवर रहेका थिए। भने कार्यक्रम नगर उपप्रमुख बिर्मला देबि बुढ्थापा अथिति रहेकि थिईन।नगर स्तरिय खेलकुद संयोजक हिरादत्त भट्टको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन जनकल्याण माध्यमिक बिधालय साफेबगरका खेलकुद प्रशिक्षक कृष्ण बहादुर थापाले गरेका थिए।

१० स्वर्ण २ रजत ८ कास्य सहित कुल २० पदक जित्दै जनकल्याण माध्यमिक बिधालय साफेबगर प्रथम ,४ स्वर्ण ५ रजत सहित कुल ९ पदक जित्दै महेन्द्र माध्यमिक बिधालय बयालपाटा दृत्रिय र ४ स्वर्ण जित्दै हिमाल ठुला माध्यमिक बिधालय खालसैन त्रृत्रिय भएको छ।नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरका १४ बिधालयको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया