धनगढीः कैलालीबाट ७ वर्षको छदा हराएका एक बालक १२ वर्षपछि भारतमा फेला परेका छन्।
२०६५ सालमा घरबाट बेपत्ता भएका जिल्लाको घोडाघोडी नगरपालिका–१० पहलमानपुर बस्ने गिता देवी शाहीका छोरा कैलाश शाही भारतमा भेटिएको प्रहरीले जनाएको छ।
सन्त मार्फत भारतको दिल्ली पुगेका उनी २ वर्ष सडक बालबालिकाको रुपमा जिवन बिताई रहेको अवस्थामा एक संस्थाले उद्दार गरेको थियो।
हाल सोही संस्थामा जिवनयापन गरिरहेको भन्ने जानकारीका आधारमा भारतको लुधियानाबाट विभिन्न संघसंस्था र प्रहरीको सहयोगमा उनलाई स्वदेश ल्याएर परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए।