पोखरा: पोखरा बिश्वबिधालयमा चलिरहेको PUCL सिजन चार मा फारवेष्ट टाइगरले आज पहिलो जित निकालेको छ।
लिग चरणको पहिलो खेल हारेको फारवेष्ट आजको भारी अन्तरको जित सङ्गै आफ्नो ग्रुप को पहिलो नम्बरमा पुगेको छ।
टाइगरको जितमा कमल सिंह ऐरि ले ४ चक्काको मदतले ७६ रन नटआउट बनाएका छन भने क्याप्टेन समेत रहेका खडक बोहराले ३३ रन बनाएका छन त्यसैगरी दिनेश सिंह ऐरि ले २८ रन बनाएका छन।
यस्तै कृष्ण पौडेलले १४ रन बनाएका छन भने बलिङ्ग तर्फ क्यापटेन खडक बोहराले आफ्नो ४ ओवर मा १३ रन खर्चिदै ३ विकेट लिए भने कृष्ण पौडेलले २ विकेट र नरेन्द्र एयर, ओम पाण्डेयले क्रमश २ र १ विकेट लिए।
गण्डकी स्ट्राइकर्स का लागि इशान पाण्डेले ६४ रन बनाए भने यशु क्षेत्रिले १२ रन बनाउनुका साथै अरुले दोहोरो अङ्क जोड्न सकेनन भने बलिङ्ग तर्फ इशान पाण्डेय ले २ विकेट लिनुका साथै अनुप अर्याल र चन्द्राकान्त पौडेल ले समान १-१ विकेट लिए ।
फारवेष्ट टाइगर ला कमल सिंह ऐरि म्यान अफ द म्याच घोषित भए।