काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागले नयाँ कर्मचारी भर्नाका विज्ञापन आह्वान गरेको छ।
विभागले २१ अनुसन्धान अधिकृत, ३२ अनुसन्धान सहायक र ५१ सहायक सूचक गरी १ सय ४ जना कर्मचारी मागेको हो।
अनुसन्धान अधिकृतको न्यूनतम योग्यता स्नातक, अनुसन्धान सहायकका लागि प्रवीणता प्रमाणपत्र र सहायक सूचकका लागि कम्तिमा एसईई वा एसएलसी तह उत्तीर्ण हुनुपर्नेछ।