काठमाडौं: सुनिता फाउन्डेशनकी संस्थापक सुनिता दनुवार ‘वाओ वुमन एचिभर्स अवार्ड’ द्वारा सम्मानित भएकी छन्।
काठमाडौं स्थित हयात रिजेन्सी र वाओ म्यागजिनको संयुक्त सहकार्यमा उनलाई सम्मान गरिएको हो।
मानव बेचबिखन तथा तस्करी विरुद्ध लामो समयदेखि सक्रिय रुपमा काम गर्दै आएकी सुनितालाई उक्त पुरस्कार दिइएको हो।
उनीसँगै कला, उद्यमशीलता, सामाजिक क्रियाशिलता क्षेत्रमा उल्लेख्य योगदान पु-याएका महिलालाई अवार्डले सम्मान गरिएको थियो।









