Advertisement
SKIP THIS
पुनः लकडाउन हुन सक्ने स्वास्थ्य मंन्त्रालय

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुनगएमा संक्रमण रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने बताएको छ।

बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ। जोखिम पनि बढेको छ। त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौ ।’

लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य नभएको तर सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर संक्रमणको चक्र रोक्नुपर्ने अवस्था आउनसक्ने उनले बताए।

उनले आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न आग्रह गरेका छन्।

 

तपाईको प्रतिक्रिया