Advertisement
SKIP THIS
साँफेबगर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

अछाम :साँफेबगर नगरपालिकाको आयोजनाम वडासैन खेलकुद मैदानमा १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता आजबाट सुरु भएको छ ।

नगर स्तरीय खेलकुद समितीका संयोजक हिरादत्त भट्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिकामा प्रमुख कुलबहादुर कुँवर प्रमुख अतिथि रहेका थिए।

रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख कुँवरले बिधालय स्तरीय खेलकुदको विकासको लागि नगरबाट सहयोग हुने बताए । उहाँले कोरोका भाईरसको प्रकोपका कारण खेलकुद क्षेत्रमा बजेट यो वर्ष केही कम भएपनि आगामी वर्षमा आवश्यकता अनुसार बजेट बिनियोजित गरिने बताए ।

यस्तै उहाँले वडासैन खेलकुद मैदानको लागि चालू आर्थिक वर्षमा १० लाख बजेट बिनियोजित गरिएको जानकारी गराउनु भयो । नगर प्रमुख कुँवरले वडासैन खेलकुद मैदानको डिपिआर निर्माण भैसकेकाले अब पुर्बाधार विकास जोड दिने बताए ।

प्रतियोगितामा तीन हजार , पन्ध्र सय, आठ, दुई सय , रिले दौड, हाइजम्प लमजम्प कपड़, भलिबल र कराँतेका खेलहरु रहेको नगर स्तरीय खेलकुद समितीका संयोजक हिरादत्त भट्टले जानकारी दिए । प्रतियोगिता चैत ११ गते सम्म सन्चालन हुनेछ ।

१२ औ राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगितामा नेकपा एमालेका नगर ईन्चार्ज शिवबहादुर कुँवर शिलोज,नेपालि काग्रेशका जिल्ला कार्य समिति सदस्य कालू सिंह कुँवर नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य मनोज रावल खप्तड गुल्मका , साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटका अध्यक्ष मिठ्ठु सिंह भाट,त्रिपुरा सन्दरी मावी विधालय व्यवस्था समितिका अध्यक्ष सुरत भुल, नेपाल शिक्षक महासघ साँफेनगर नगर अध्यक्ष धर्मेन्द्र शाह लगायतले बोलेका थिए।

प्रतियोगितामा साँफेबगर नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत लक्ष्मी प्रसाद शर्मा , खप्तड गुल्मका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जगदीश जोशी, ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख सुरेन्द्र जोशी नगरका प्रवक्ता बालगिरी कुँवर, साँफेबगर नगरपालिका वडा नं १ का अध्यक्ष अमर शाह, वडा नं ५ का अध्यक्ष उजिर साउद, लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया