Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालीका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोता सुरु

निराकरण सम्वाददाता अछाम:राष्ट्रका लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ राष्ट्रपति रनिङ शिल्ड प्रतियोता बान्नीगढी जयगढ गाउँपालीकामा सुरु भएको छ। बान्नीगढी जयगढ गाउँपालीका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सरस्वती माध्यमिक बिधालय जयगढमा प्रतियोगिता सुरु भएको हो ।

कार्यक्रम प्रमुख अथितीको आसनबाट बोल्दै बान्नीगढी जयगढ गाउँपालीका अध्यक्ष राजेन्द्र बहादुर खड्काले खेलकुदका माध्यम बाट आपसि मेलमिलापको वातावरण सिर्जना हुनुका साथै सर्वाणिक बिकासमा टेवा पुग्ने बिश्वास ब्यक्त गरे । खेलले खेलाडीको मात्रै नभई देशको विकासमा समेत महत्त्वपूर्ण योग्दान पुर्याएको भन्दै खेलाडी लागि गाउँपालीकाले सके जति सहयोग गर्ने प्रतिबद्ध ब्यक्त गरे। खेल र खेलाडीमा आउने समस्या समाधान गर्न गाउँपालीका सदैव तयार रहेको बताए । खेलकुदको नियम राजनीति प्रबेश गरेमा राजनीति समेत सफा हुने हुदा कहिले खेलकुदको नियम राजनीतिमा लागू होला भनी प्रश्न गरे।

कार्यक्रम बिशिस्ट अथितीको आसनबाट बोल्दै गाउँपालीका उपाध्यक्ष लोक बहादुर साउदले खेलकुद बिना गाउँपालीका र राष्ट्र समृद्ध हुन नसक्ने बताए । बिश्वका धेरै देश खेलले चिनिएका बताउदै खेल खेल्दै आफ्नो क्षमता कुसलता पुर्वक देखाउन खेलाडी हरुमा आग्रह गरे।आगामी दिनमा समेत खेलकुदमा गाउँपालीकाले निरन्तरता दिने उपाध्यक्ष साउन बताए।

यस्तै कार्यक्रम सम्पूर्ण वडा अध्यक्षको तर्फ बाट बोल्दै वडा नं ४ तिमिल्सैनका अध्यक्ष कर्ण बहादुर ठकुल्लाले खेलकुद नियम भित्र रहेर खेलाडी हरुमा खेल खेल्न अनुरोध गरे। खेलाडीहरुले अनुशासनमा रहेर खेल खेल्दै जादा खेलबाटै उज्ज्वल भबिस्य हुने हुदा खेलमा लगाव भयर खेल खेल्न ,खेलको माध्यमबाट राष्ट्रमा बान्नीगढी जयगढ गाउँपालिकालाई चिनाउन खेलाडीहरुमा वडा अध्यक्ष ठकुल्लाले आग्रह गरे।

बान्नीगढी जयगढ गाउँपालीका खेलकुद संयोजक केशर बि.क को अध्यक्षतामा भएको कार्यक्रमको स्वागत बान्नीगढी जयगढ गाउँपालीका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र जोशिले गरेका थिए भने कार्यक्रमको सञ्चालन नन्दा माबि शिक्षक लोक राज रेग्मी गरेका थिए। प्रतियोगितामा पालीका स्तरीय ६ बिधालयको सहभागी रहेको छ।उद्धाटन कार्यक्रममा राष्ट्र भाषा माध्यमिक बिधालय गाज्राको स्काउट र अन्य बिधार्थीले मार्च पास गरेका थिए।

तपाईको प्रतिक्रिया