टीकापुर:बाघको आक्रमणबाट स्थानीयको मृत्यु हुने क्रम बढेपछि बर्दियामा बुधबार एउटा बाघ समातिएको छ ।
मानिसलाई आक्रमण गर्दै आतङ्क मच्याउने उक्त बाघलाई बर्दियाको गेरुवा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्ज र कतर्नियाघाटको खाता जैविक मार्गमा स्थानीयमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको वन्यजन्तु विज्ञ एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रवक्ता नरेश सुवेदीले जानकारी दिएका छन् ।