Advertisement
SKIP THIS
बैद्यनाथ धाम पर्यटन विकास तथा व्यबस्थापन समिति अछामको अध्यक्षमा खड्का

कमल रावल अछाम :बैद्यनाथ धाम पर्यटन विकास तथा व्यबस्थापन समिति अछामको अध्यक्षमा खड्ग बहादुर खड्का नियुक्त भएका छन् । सुदुरपश्चिम प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्र्तगत ४ बर्षको लागि चौपाटी गाउपालिका वडा नम्बर लुग्रा निवासी समाजसेवी तथा अधिवक्ता खड्का सहीत अन्य ७ जना सदस्य नियुक्त भएका हुन ।

अध्यक्ष खड्का सहीत सदस्यमा नृप बहादुर कुवर, शंकर मान बोहरा, सुरत भुल, एशोदा केसी, दुर्गा रावल कुवर, हिक्मत खड्का र गणेश नाथ योगी सदस्य पदमा नियुक्त हुनु भएका हुन ।

अध्यक्ष सहीत अन्य नियक्त सदस्यहरू

अध्यक्ष नियुक्त भईसकेपछी अध्यक्ष खड्काले बैद्यनाथ क्षेत्रको संरक्षण, सम्बद्र्धन सहीत प्रचारप्रसारका लागी आफ्नो समीतीको योगदान रहने बताए । नेपालकै ४ धाम मध्येको एक धाम भएकाले पर्यटन संग सम्बन्धित बिज्ञ तथा बैद्यनाथ क्षेत्रका जानकारसँग छलफल गर्दै आगामी दिनमा अघि बढने बताए

यसका लागी चाडै बैठक गरेर साफेबगर नगरपालिका प्रमुख, चौरपाटी गाउपालिकाका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीलाई सदस्य थप्दै भावी योजना तय गरेर अघि बढने जानकारी दिए। सुदुरपश्चिममा पर्यटनको हिसाबमा बैद्यनाथलाई उच्च स्थानमा पुरयाउनको लागी आफ्नो समितीले सहयोग सहीत निरन्तर योगदान गर्दै अघि बढने बताए ।

 

तपाईको प्रतिक्रिया