Advertisement
SKIP THIS
जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौँ:सिन्धुलीको सदरमुकामबाट कमलामाई नगरपालिका- ७ बाँसकटेरी गइरहेको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । भने, दुर्घटनामा ७ जना घाइते भएका छन् ।

बा १७ च १११७ नम्बरको जीप करङ डाँडा भेतेस्थित ग्रामीण सडक खण्डमा  दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोजकुमार लामाले लाई बताए ।

डिएसपी लामाका अनुसार मृत्यु हुनेहरुमा कमलामाई-७का ६५ वर्षीय रुद्रबहादुर थापा,१८ वर्षीया रिता यसमाली,१९ वर्षीया दुर्गा श्रेष्ठ र उनको दुई वर्षको छोरा मनिष श्रेष्ठ रहेका छन् ।

दुर्घटनामा बोलेरो चालक ३८ वर्षीय भोज विक्रम थापा गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको डीएसपी लामाले बताए ।

अन्य घाइतेहरु २७ वर्षीय धनबहादुर श्रेष्ठ, २० वर्षीय शान्तिमाया थिङ, २२ वर्षीय कविता श्रेष्ठ, ५० वर्षीय सुनमाया थिङ, ३० वर्षीय सुकुमाया पुलामी र उनका छोरा दुई वर्षीय रेमन पुलामी र २८ वर्षीय विनिता श्रेष्ठको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

जिप सडकबाट अन्दाजी ६० मिटर तल खसेर दुर्घटना भएको हो । ग्रामीण सडक र कच्ची भएकाले ओभरलोडका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ ।

जिपमा ११ जना सवार रहेको प्रहरीले जनाएको छ।रातोपाटी

 

तपाईको प्रतिक्रिया