Advertisement
SKIP THIS
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया :  बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

निउरो टिप्न गएका तीन महिलामध्ये ठाकुरबाबा नगरपालिका ७ की ५५ वर्षीय डल्ली रावतलाई बाघले लगेको र खोजी गर्दा निकुञ्जको बघौरा फाँटमा उनको शव भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।

महिलाको अगाडिको आधा शरीर बाघले खाएको अवस्थामा भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले बताए।

 

तपाईको प्रतिक्रिया