Advertisement
SKIP THIS
सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री झपट बोहराको सांसद पद धरापमा

सुदूरपश्चिम प्रदेशका पुर्व मन्त्री झपट बोहराको सांसद पद धरापमा

 निराकरण सम्वाददाता  अछाम :अछाम क्षेत्र नं १ ख बाट सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित पुर्व आर्थिक मामिला मन्त्री झपट बोहराको सांसद पद धरापमा परेको छ। तत्कालीन नेकपा दुई कित्तामा बाडिएपछि ओलि समूहमा बोहरा लागेका थिए।

सर्वोच्च अदालतको पछिल्लो आदेश पछि साविककै एमाले र माओवादी केन्द्र व्युतिएपछि एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका थिए।

नेपालको संविधान २०७२ मा राजनीतिक दलसम्बन्धी ऐन २०७४ को दफा २८ मा कुनैपनि संसदीय दलका नेताको निर्देशन (ह्वीप) पालना गर्नुपर्ने व्यवस्था गरिएको छ । उपदफा ३ मा निर्देशन पालना नगर्ने सदस्यको विवरण सचेतकले सम्बन्धित दलको केन्द्रीय समितिलाई दिनुपर्ने व्यवस्था गरिएको छ ।

उपदफा ३ बमोजिमको विवरण प्राप्त भएपछि सम्बन्धित दलको केन्द्रीय समितिले त्यस्तो सदस्यलाई सम्बन्धित दलबाट निष्कासन गर्न सक्ने व्यवस्था रहेको छ ।

त्यसरी कुनै सांसद निष्कासन भएमा सम्बन्धित दलबाट समेत निष्कासन भएको मानिने व्यवस्था छ । निष्कासन गर्नु अघि सम्बन्धित दलको केन्द्रीय समितिले त्यस्तो सदस्यलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिनु पर्ने  र त्यस्तो प्रयोजनको लागि सम्बन्धित दलले जाँचबुझ समिति गठन गर्न सक्ने व्यवस्था छ ।

सफाई प्राप्त भएपछि सम्बन्धित दलको केन्द्रीय समितिले त्यस्तो सदस्यले पेश गरेको सफाई सन्तोषजनक भएको वा नभएको निर्णय गर्नु पर्नेछ । उपदफा ५ मा उपदफा ३ बमोजिम पेश भएको सफाई सन्तोषजनक नभएमा विधानमा व्यवस्था भए बमोजिम सम्बन्धित दलको केन्द्रीय समितिले कारण र आधार खुलाई त्यस्तो सदस्यलाई दलको सदस्यताबाट निष्कासन गर्न सक्ने व्यवस्था छ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३० मा दल जुनसुकै दलका रहेका सदस्यले दल त्याग गर्न सक्ने व्यवस्था रहेको छ भने दफा ३१ मा कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको सङ्घीय संसदको सदस्य,प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न सक्ने छैन भन्ने व्यवस्था रहेको छ । उपदफा २ मा निर्वाचित कुनै सदस्यले दल त्याग गरेमा निजले दल त्यागेको मितिदेखि पद स्वतः रिक्त भएको मानिने व्यवस्था छ ।

दफा ३२ मा निम्न अवस्थामा दल त्याग गरेको मानिने व्यवस्था रहेको छ । सम्बन्धित दलको सदस्यबाट लिखित रुपमा राजीनामा दिएमा,अर्को दलको सदस्यता लिएमा,वा आफैले वा निज समेत संलग्न भई अर्को दल गठन गरेमा दल त्याग गरेको मानिने व्यवस्था रहेको छ ।

दफा २८ को उपदफा ३ बमोजिमको विवरण प्राप्त भएपछि सम्बन्धित दलको केन्द्रीय समितिले त्यस्तो सदस्यलाई सम्बन्धित दलबाट निष्कासन गर्न सक्ने व्यवस्था रहेको छ ।

राजनीतिक दलसम्बन्धी ऐनको उल्लेखित दफाका आधारमा माओवादी केन्द्रबाट एमाले गएका सांसदहरुको पद धरापमा परेको हो ।

 

तपाईको प्रतिक्रिया