Advertisement
SKIP THIS
७ सालमा राणा खिलाप लडेका थियौं , अब कम्युनिष्ट बिरुद्ध लड्नुपर्ने बेला आयो :सभापति देउवा

नेपालका कम्युनिष्ट पार्टी विरुद्धमा लड्नुपर्ने बेला आयो :सभापति देउवा
काठमाण्डाै : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको विरुद्धमा लड्नुपर्ने बेला भएको बताएका छन्।

शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउनका लागि कम्युनिष्ट पार्टीको खिलापमा लड्नुपर्ने बेला आएको बताएका हुन।

देउवाले भने, ‘सात सालमा राणाको खिलापमा प्रजातन्त्रका लागि लडेका हौँ हामीले। पञ्चायतको खिलापमा प्रजातन्त्रकै लागि लडेका हौँ।

अहिले पनि कम्युनिष्टको खिलापमा प्रजातन्त्रकै लागि लड्नुपर्ने बेला भएको छ। प्रजातन्त्रको खिलापमा उनीहरु छन् तर हामीले स्थायी प्रजातन्त्र, कसैले हटाउन नसक्ने प्रजातन्त्र स्थापना गर्नुछ नेपालमा।

त्यसका लागि एउटा मात्रै पार्टी छ नेपालमा, नेपाली कांग्रेस पार्टी। अरु प्रजातन्त्रवादी पार्टी नै होइनन्।’

तपाईको प्रतिक्रिया