Advertisement
SKIP THIS
पत्रकार धर्मेन्द्र झा पुरस्कृत

पत्रकार धर्मेन्द्र झा पुरस्कृत

विराटनगर : नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झा र पूर्वकेन्द्रीय सदस्य मोहनकाजी न्यौपाने पुरस्कृत भएको छ। 

नेपाल पत्रकार महासंघ मोरङ शाखाले शुक्रबार विशेष कार्यक्रम आयोजना गरी पूर्वअध्यक्ष झा षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार र पूर्वकेन्द्रीय सदस्य न्यौपाने सूचनाको अधिकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत भएका हुन्।

सूचनाको अधिकारबारे जनचेतना अभियानमा संलग्नलाई हरेक वर्ष प्रदान गरिँदै आएको पुरस्कार यस पटक पूर्वअध्यक्ष झा र सूचनाको अधिकार प्रोत्साहन पुरस्कारबाट झापाका पत्रकार मोहनकाजी न्यौपानेलाई प्रदान गरिएको हो।

२०४४ सालदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील झालाई ५० हजार ५१ रुपैयाँ राशि र न्यौपानेलाई १५ हजार १५ रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको छ।

सूचनाको अधिकारको क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई प्रोत्साहन र योगदान गर्नेहरुलाई सम्मान गर्ने उद्देश्यले २०७३ सालमा केदारबहादुर बस्नेतले नेपाल पत्रकार महासंघ मोरङ शाखामा सो पुरस्कार स्थापना गरेका हुन्। 

पुरस्कार वितरण समारोहमा प्रदेश प्रमुख प्यासीले जनताको बकपत्र नै समाचारको रुपमा प्रवाह हुन्छ भनेर नयाँ पुस्तालाई प्रशिक्षित गर्नुपर्ने बताए।  

पुरस्कृतहरुको तर्फबाट पत्रकार महासंघका पूर्वअध्यक्ष झाले सूचनाको अधिकारसम्बन्धी पुरस्कार जनतालाई बलियो बनाउने, वैयक्तिक स्वतन्त्रतालाई अझ शक्तिशाली बनाउने देशभरको एकमात्र र सशक्त पुरस्कारको रुपमा आफुले ग्रहण गरेको बताए।

तपाईको प्रतिक्रिया