Advertisement
SKIP THIS
माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको बेला नेकपा भीम रावल पुगेपछि

माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको बेला नेकपा भीम रावल पुगेपछि

काठमाडौ:नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको बेला नेकपा एमाले नेता भीम रावल पेरिसडाँडा पुगेका छन्।

पेरिसडाँडास्थित माओवादी कार्यालयमा बिहान ९ बजेबाट सुरु भएको माओवादी केन्द्रको स्थायी समिति बैठकमा ९ः३० बजे  रावल बैठकमा समेत प्रवेश गर्न भ्याए । 

माओवादीको बैठकमा रावलले के संवाद गरे भन्ने विषय बाहिर आएको छैन । आधा घण्टा पेरिसडाँडा रहेका रावल १० बजे पेरिसडाँडा बाट बाहिरिएका थिए । तर रावलले पेरिसडाँडाबाट बाहिरिँदै गर्दा कुनै प्रतिक्रिया भने दिएनन् । 

अनि उनी माधवकुमार नेपाल पक्षको स्थायी समिति बैठकका लागि नयाँ बानेश्वरस्थित अर्याल होटेलतिर लागे ।

तपाईको प्रतिक्रिया