Advertisement
SKIP THIS
माओवादी केन्द्रले बादल सहितका मन्त्रीलाई फिर्ता बोलायो

माओवादी केन्द्रले बादल सहितका मन्त्रीलाई फिर्ता बोलायो

काठमाडौं :नेकपा माओवादी केन्द्रले सरकारका रहेका माओवादीको तर्फका मन्त्रीहरुलाई तत्काल फिर्ता हुन निर्देशन दिएको छ ।

शनिबार पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले माओवादीको कोटामा मन्त्री बनेका तर पार्टीमा नफर्किएका मन्त्रीहरुलाई यस्तो निर्देश गरेको  प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

माओवादीको तर्फबाट मन्त्री बन्नेहरूमा रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु साह, मणि थापा र दावा लामा रहेका छन् । 

उनीहरु पार्टीमा नफर्की केपी ओली नेतृत्वको एमालेतिर लागेका छन् भने एमालेले केन्द्रीय सदस्यसहितका जिम्मेवारी समेत दिइसकेको छ ।

तत्कालीन नेकपामा विवाद हुँदा उनीहरु ओलीतिर लागेका हुन् भने त्यतिबेला ओलीलाई सहयोग गर्दा मणि थापा, प्रभु साह र लामाले मन्त्री बन्ने मौका पाएका थिए । उनीहरुले राजीनामा नदिए कारबाही गर्ने तयारी  माओवादी केन्द्रको रहेको बुझिएको छ । 

तपाईको प्रतिक्रिया