पौडी खेल्ने क्रममा अछामका एक जनाकाे ज्यान गयो
दैलेख: दैलेखकाे सदरमुकाम नारायण नगरपालिका-११ विन्ध्यवासिनीको लोहोरे खोलामा बिहीवार दिउँसो पौडी खेल्ने क्रममा डुबेर एक जनाकाे ज्यान गएको छ ।
डुबेर ज्यान गुमाउनेमा अछाम चौरपाटी गाउँपालिका लुङग्राका २१ वर्षीय वीरेन्द्र भुल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी अनुपम श्रेष्ठकाअनुसार भुल मध्यपहाडी लोगमार्गमा मजदूरी गर्दै आएका थिए । भुललाई खोलामा डुबे लगत्तै उद्धार गरी दैलेख जिल्ला अस्पतालमा पुर्याइएको थियाे ।
उनकाे उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएकाे छ ।