बिहे गर्न नपाएको भन्दै बिजुलीको पोलमा
ऐजेन्सी: एक ६० वर्षीय वृद्ध बिहे गर्न नपाएको भन्दै बिजुलीको पोलमा चढेको घ’टना सार्वजनिक भएको छ।
५ छोराछोरी रहेका उनी दोस्रो बिहे गर्न नपाएको झोकमा पोलमा चढेका हुन।
भारतको राजस्थानस्थित धौलपुरमा ५ सन्तानका बुवा र नातिनातिनीका बाजे बनिसकेका ६० वर्षीय वृद्ध सोबरन सिंह आ’त्मह’त्या गर्ने उद्देश्यले ११ हजार भोल्टेज क्षमताको बिजुलीको पोलमा चढेका छन्।
तर पोलमा चढेर तारलाई छुन कोसिस गरेका उनलाई करेन्ट लागेन किनकी त्यतिबेला तारमा बिजुली थिएन।
वृद्धको उद्देश्य थाहा पाएपछि परिवार र गाउँलेले स्थानीय बिजुली सवस्टेसनका कर्मचारीलाई खबर गरेपछि लाइन काटिएको थियो।
गाउँले र परिवारले सम्झाएपछि बल्ल ती वृद्ध पोलबाट बाहिर ओर्लिए।
ती वृद्धकी पत्नीको मृत्यु ४ वर्षअघि भएको थियो।