निराकरण सम्वाददाता अछाम:मार्च ८ अर्थात १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाईदैछ ।विश्वभर विभिन्न कार्यक्रम गरि मनाईदैछ ।
नारि दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् ।
सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा पहिलोपटक नारि दिवस मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो ।
सन् २०२१ मा आइपुग्दा बिश्वभर १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाईदैछ । शौचालय देखि सदन सम्म नारी मैत्री स्वरहरु गुञ्जिरहे पनि
नारी समानता भनेको नारी र पुरुषहरु विचको टक्कर वा द्वन्द्व नभएर अगुवार्इ गरीरहेको सामाजिक संरचनाले तोकीदिएको महिला पुरूषबिचको विरोधाभाष परिधि, सीमा अनि समानतामा ठूलो दूरी रहेको छ। देशमा राष्ट्रपति महिला हुदा पनि निर्मला पन्त जस्ता कयौं चेलि सुरक्षित रहेका छैनन् ।
बर्षमा एक दिन नारि दिवसका दिन कार्यक्रम गरेपनि त्यो समेत भाषणमै सिमित हुने गरेको छ।