निराकरण सम्वाददाता अछाम:स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ चाैरपाटी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनाैट प्रतियोगिता सम्पन्न भएकाे छ ।
प्रतियोगितामा २६ अाेटा खेल प्रतियोगितामा ११ स्थानमा प्रथम स्थान हासिल गर्दै सिउडि मावि प्रथम भएकाे छ ।
सिउडि माविले द्वितीय र तृतीय स्थान ३/३ गरि १७ अंक प्राप्त गरेकाे छ । यस्तै बैजनाथ मावि पायल ५ प्रथम, ६ द्वितीय र ५ तृतिय गरि १६ अंकका साथ द्वितीय र दया पिपलताेला मावि लुंग्रा ५ प्रथम, ६ द्वितीय र ५ तृतिय गरि १६ अंकका साथ तृतिय स्थान हासिल गरेकाे छ ।
चाैरपाटी गाउँपालिका सामाजिक विकास समिति संयाेजक राम बहादुर साउँदकाे अध्यक्षतामा भएकाे समापन कार्यक्रमका प्रमुख अतिथी चाैरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउद प्रमुख अतिथि रहेका थिए।
प्रमुख अतिथि साउदले प्रथम, द्वितीय र तृतिय स्थान हासिल गर्नु भएका खेलाडीलाई कप सहित प्रमाण पत्र हस्तान्तरण गर्नु भएकाे चाैरपाटी गाउँपालिकाका खेल प्रशिक्षक कटक धामीले जानकारी दिए ।
उत्कृट खेल प्रद्वर्शन गर्ने खेलाडीलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनाैट प्रतियोगितामा पठाईने अायाेजकले जनाएकाे छ ।