निराकरण सम्वाददाता टीकापुर :नेपाली कांग्रेस सुदुरपश्चिम संसदीय दलका नेता डा रण बहादुर रावलले शिक्षक हाम्रो समाजका एक महत्त्वपूर्ण अड्ग भएको बताए छन् ।
नेपाल शिक्षक संघ कैलालीको २१ औ प्रतिनिधि सभाको शनिबार उद्घाटन सहित सम्बोधन गर्दै डा. रावलले शिक्षक बिना समाजको कल्पना समेत गर्न नसकिने ,समाज रुपान्तरणमा शिक्षकको सबै भन्दा महत्त्वपूर्ण योग्दान रहेको बताए ।
शिक्षकहरु सामाजिक कार्यहरुमा पनि क्रियाशील भईरहेका अझै क्रियाशील हुनुपर्ने र बिशेष गरी विद्यार्थीहरुलाई पठनपाठनमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
समय अनुसार शिक्षकले समेत आफुलाई रुपान्तरण गर्नु पर्ने नेता रावलको जोड थियो।